चिकित्सा स्याहार

Lancaster Health Center तपाईंको बिरामी-केन्द्रित चिकित्सा गृह हुन पाउँदा गर्व महसुस गर्छ।

Lancaster Health Center हामीले सेवा गर्ने व्यक्तिहरूको मान, रूचि आवश्यकता र रोजाइहरूलाई प्रतिबिम्बित गर्न समूह-आधारित स्वास्थ्य स्याहार सेवाहरू उपलब्ध गराउने हाम्रो व्यापक प्रद्धतिको कारणले राष्ट्रिय रूपमा बिरामी-केन्द्रित चिकित्सा गृह भनेर पहिचान गरिएको छ। हाम्रा प्रतिबद्ध स्याहार टोलीहरू प्रत्येक बिरामीको अद्वितीय आवश्यकता, संस्कृति, मान र प्राथमिकताहरूलाई बुझ्न र समान गर्न समर्पित भएका छन्। हाम्रा प्रदायकहरूको टोलीलाईभेट्नुहोस्।

भविष्यका अपोइन्टमेन्टहरू निर्धारण गर्ने अतिरिक्तमा समान दिनमा अपोइन्टमेन्टहरू उपलब्ध हुन्छ। हाम्रा केन्द्रहरू मध्ये एकमा अपोइन्टमेन्ट निर्धारण गर्ने, कृपया 717-299-6371 डायल गर्नुहोस्। तत्काल चिकित्सा चिन्ताहरूको लागि घण्टा पछि, 717-299-6371 लाई अन-कल प्रदायकसँग बोल्नको लागी फोन गर्नुहोस्। जीवनलाई खतरा हुने आपतकालीन अवस्थामा, कृपया 911 डायल गर्नुहोस्।

यसको अतिरिक्त, शनिबार वाक-इन समय हाम्रो डुक स्ट्रिट स्थानमा (Duke Street location) बिहान 8 बजेदेखि मध्यान्ह 12 बजेसम्म उपलब्ध हुन्छ (कृपया पहिला आउने प्रारम्भिक-वाक इन अपोइन्टमेन्टहरूलाई पहिला नै सेवा गरिन्छ। कुनै पनि नयाँ बिरामीहरूलाई वाक-इन अपोइन्टमेन्टहरूको लागि स्वीकार गरिँदैन।)

पारिवारिक अभ्यास स्याहार

रोकथाममूलक स्याहार

Lancaster Health Center ले शिशु, बालबालिका र वयस्कहरूका लागि वार्षिक स्वास्थ्य शारीरिक जाँचहरू साथसाथै हाम्रो सामूदायलाई स्वस्थकर रहन आवश्यक पर्ने रोकथाममूलक सेवाहरू प्रस्ताव गर्छ:

  • सबै उमेरका व्यक्तिहरूका लागि वार्षिक शारीरिक परीक्षण
  • असामान्य PAP फलो-अप तथा कोल्पोस्कोपीसँग सर्भिकल (PAP) परीक्षणहरू
  • तपाईंले घरमा कार्यसम्पादन गर्ने कोलोन क्यान्सरको स्क्रिनिङ परिक्षणहरू वा कोल्पोस्कोपीहरूको लागि सिफारिसहरू
  • स्तन क्यान्सर परीक्षणहरूको लागि सिफारिसहरू
  • डिप्रेसन, चिन्ता, लागूपदार्थ दुर्व्यसनी र विकासात्मक विकारहरूको लागि परीक्षण
  • बालबालिका तथा वयस्कको लागि स्वस्थ्य तौल व्यवस्थापन
  • मधुमेह, उच्च रक्त चाप तथा कोलेस्ट्रोलको लागि परीक्षणहरू
  • हेपाटाइटिस तथा क्षयरोग जस्ता संक्रामक रोगहरूको लागि परीक्षणहरू
  • यौन संचारित संक्रमणको लागि परीक्षणहरू
प्रतिरक्षण खोपहरू

Lancaster Health Center ले बालबालिका तथा वयस्कहरूलाई सिफारिस गरिएका सबै प्रतिरक्षण खोपहरू उपलब्ध गराउँछ र बीमामा वा बीमा नभई समाविष्ट नभएका बालबालिकाहरूको लागि निःशुल्क खोपहरू उपलब्ध गराउन बालबालिकाको लागि खोपहरू भन्ने कार्यक्रममा सहभागिता जनाउँछ।

पेडियाट्रिक स्याहार

स्वस्थ-बच्चा भेट र बिरामी भेटहरू पारिवारिक अभ्यास स्याहार र पेडियाट्रिक प्रदायकहरूद्वारा उपलब्ध गराइएको पेडियाट्रिक बिरामीहरूलाई उपलब्ध छन्।

Medicare वार्षिक स्वास्थ्य जाँच भेटहरू

हामीले सबै Medicare बिरामीहरूको लागि “Medicare रोकथाममूलक भेटहरूमा स्वागत” र “वार्षिक स्वास्थ्य जाँच भेटहरू” उपलब्ध गर्छौं। यी स्वास्थ्य जाँच भेटहरू बिरामीलाई कुनै पनि शुल्क बिना सबै Medicare बिरामीलाई उपलब्ध छन्।

विद्यालय, खेल, कार्य र ड्राइभरहरूका शारीरिक परीक्षणहरू

बिरामीहरूले विद्यालय, खेल, कार्य र ड्राइभरका शारीरिक परीक्षणहरूका लागि तालिका वा सोही दिनका अपोइन्टमेन्टहरू निर्धारित गर्न सक्नुहुन्छ। हामीले हाल व्यावसायिक चालकको इजाजतपत्रका (CDL) शारीरिक जाँचहरू प्रदान गर्दैनौं।

दीर्घकालीन रोग व्यवस्थापन

हाम्रा उच्च तालिमप्राप्त, सक्षम तथा सहानुभूतिशील चिकित्सा प्रदायकहरू मधुमेह, उच्च रक्तचाप, हृदय रोग र धेरै रोगहरूको ख्याल राख्न सुसज्जित हुनुहुन्छ।

परिवार-केन्द्रित प्रसूति स्याहार तथा महिलाको स्वास्थ्य

Lancaster Health Center को परिवार-केन्द्रित प्रसूति स्याहार र महिला स्वास्थ्य सेवाहरू हाम्रा विविध सांस्कृतिक पृष्ठभूमि भएका र अनुभवी प्रदायकहरूको टोलीद्वारा नेतृत्व गरिन्छ। हाम्रा स्याहार टोलीहरूले महिलाको जीवनका धेरै उमेर र चरणहरूको र तिनीहरूका विकासको अवधिमा स्वास्थ्यस्याहार, शिक्षा तथा परामर्शको पूर्ण-दायरा उपलब्ध गराउँछन्।

व्यवहारिक स्वास्थ्य

समूदाय सेवा समूहको सहकार्यमा, हामीले छोटा हस्तक्षेपहरू, डिप्रेसन, तनाव र अन्य व्यवहारात्मक स्वास्थ्य अवस्थाहरूका लागि छोटो-अवधि प्रदान गर्न सक्षम दोभाषे अनुमतिप्राप्त चिकित्सकीय सामाजिक कार्यकर्ताहरूको प्रयोग गरेर, हाम्रा बिरामीहरूका चिकित्सकीय आवश्यकतालाई पूरा गर्ने एकीकृत व्यवहारात्मक स्वास्थ्य सेवाहरू प्रदान गर्छौं।

शरणार्थी स्वास्थ्य

Lancaster Health Center ले नवआगन्तुक शरणार्थी, एसिलीहरू र अन्य आप्रवासीहरूलाई सांस्कृतिक रूपमा संवेदनशील वातावरणमा आवश्यकता अनुसार दोभाषे सेवाहरू प्रयोग गरी चिकित्सकीय परीक्षण र खोपहरू प्रदान गर्छ। हामीले त्यसपछि आवश्यक कुनै पनि फलो-अप स्याहारका लागि चिकित्सा घरको रूपमा सेवा गर्छौं। हाम्रा विविध कर्मचारीहरूले आफ्ना सांस्कृतिक अनुभव र बुझाईद्वारा बिरामीको अनुभवलाई समृद्ध बनाउनुहुन्छ।

काइरोप्र्याक्टिस स्याहार

Wenger Chiropractic को सहकार्यमा, हाम्रा स्थलगत हाड वैद्यहरू ढाडको दुखाइ, घाँटीको दुखाइ, टाउको दुखाइ र माथिल्लो भागको चोटपटकहरूका लागि प्राकृतिक उपचार प्रदान गर्दै, तपाईंका अद्वित्तीय आवश्यकताहरूलाई पूरा गर्न प्रतिबद्ध हुनुहुन्छ।

लागूपदार्थ दुर्व्यसनी उपचार

RASE परियोजनाको सहकार्यमा, हामीले नशा/लागूपदार्थ निर्भरताका बिरामीहरूका लागि औषधि सहायता प्रदान गरिइको उपचार प्रदान गर्छौं। उपचारका विकल्पहरूमा सबोक्सोन, सबुटेक्स र भिभिट्रोल समावेश हुन्छन्।

बिरामी शिक्षा

धेरै स्वास्थ्य शीर्षक/अवस्थाहरूमा निःशुल्क बिरामी शिक्षा उपलब्ध गराउनको लागि हाम्रो न्यू होल्याण्ड एभिन्यू साइटमा Lancaster Health Center ले Harrisburg क्षेत्रको सामुदायिक कलेज नर्सिङ कार्यक्रमसँग साझेदार गर्छ। नर्सिङ विद्यार्थीहरू प्रत्येक व्यक्तिको स्वास्थ्य उद्देश्यहरू पूरा गर्नको लागि स्वास्थकर बानीहरूको विकास गर्न बिरामीहरूसँग कार्य गर्छन्।

वेलनेस सर्कल्स (Wellness Circles)

वेलनेस सर्कल्सले समान निदान अनुभव गरिरहेको बिरामीहरूलाई सहायता गर्न व्यक्तिगत स्याहार, सामूहिक शिक्षा र साथीहरूको सहायता प्रस्ताव गर्छ। Lancaster Health Center ले गर्भवती आमा, नयाँ परिवार र तिनीहरूको बच्चा, मधुमेह व्यवस्थापन र थपको लागि सामूहिक कक्षाहरू उपलब्ध गराउँछ!

थप जानकारीको लागि वा वेलनेस सर्कल्स सत्र निर्धारण गर्न, कृपया हाम्रो वेलनेस सर्कल्स संयोजकलाई 299-6372 एक्सटेन्सन 11210 मा सम्पर्क गर्नुहोस्।